नौलो बहुउद्देश्यीय सहकारीको साधारणसभा

by समतल अनलाइन

बुटवल । बुटवल–७ दीपनगरस्थित नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठको अध्यक्षता तथा जिल्ला सहकारी संघ रुपन्देहीका सचिव टीका न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै न्यौपानले सहकारीहरु अब उत्पादनतर्फ जोडिनुपर्ने बताइन । उनले रुपन्देही सहकारीले देशको आर्थिक विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान समेत पु¥याएको बताइन । सहकारी बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रित हुन नहुने उनको भनाइ छ ।

कार्यक्रमम बुटवल उप–महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रताप थापाले रुपन्देहीका सहकारीहरू बैंक जस्तै मजबुद रहेको बताए । कार्यक्रममा सहकारीका अध्यक्ष श्रेष्ठले शेयर सदस्यहरुका लागि सहकारी शिक्षा उत्पादनमूलक तालीम शिक्षा समितिको पहलमा गर्ने बताए । उनले सहकारीलाई अगाडि बढाउन पूर्वाधार कोष निर्माण गर्ने समेत साधारणसभा बताए ।

सहकारीमा १ सय ६४ महिला र १ सय ७३ पुरुष गरी कूल ३ सय ३७ शेयर सदस्यहरू आबद्ध रहेको सहकारीका शिक्षा समिति संयोजक विकासजंग बस्नेतले जानकारी दिए । सहकारीमा बचत २ करोड १४ लाख १७ हजार ३ सय ३९, शेयर पूँजी २२ लाख ३४ हजार, ऋण लगानी २ करोड १९ लाख ६५ हजार ३ सय ७७ र जगेडा कोष ८ लाख ७ हजार ६ सय ९४ रुपैयाँ रहेको छ ।

कार्यक्रममा सहकारीका सल्लाहकार बामदेव क्षेत्री, युवराज अमगाई, कल्याणकारी बहुउद्देश्यीय सहकारीका अध्यक्ष लक्ष्मण आचार्य, पुष्प बहुउद्देश्यीय सहकारीका अध्यक्ष चरण तिमल्सेना लगायतले बोलेका थिए । कार्यक्रममा अध्यक्ष माधव प्रसाद श्रेष्ठको प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष, हिराबहादुर केसीको कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक मिनप्रसाद पोडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित भएको छ ।

सहकारीका उपाध्यक्ष ललिता वंशी ठकुरीको स्वागत तथा सचिव सुधन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like