कीर्तिपुरमा क्रिकेट खेल्ने, सचिन तेन्दुलकर नेपाल आउँदै

by समतल अनलाइन

काठमाडौं । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै छन् । सचिन आज बेलुकी काठमाडौं आइपुग्ने भएका हुन् ।

बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको अवसरमा नेपालमा हुन लागेको मैत्रीपूर्ण खेलका लागि सचिन नेपाल आउन लागेका हुन् ।

बालअधिकारका लागि आयोजना गरिएको मैत्रिपूर्ण खेलमा सचिनको टिमसँग नेपाली क्रिकेट टिमाका पूर्व कप्तान विनोद दासको टिमले खेल्नेछ ।

युनिसेफको आयोजनामा हुने उक्त खेल शनिबार विहान ९ बजे टियूस्थित क्रिकेट मैदानमा सुरु हुने युनिसेफ नेपालले जानकारी दिएको छ ।

 
 
  
 

You may also like