लागूऔषध दुव्र्यसन सचेतना कार्यक्रम

by समतल अनलाइन

बुटवल । विद्यालय तथा कलेजस्तरमा अध्ययनरत विद्यार्थीलाई कुलतमा फस्न नदिन अभिभावक तथा विद्यालयको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले जनाएका छन् ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनद्वारा शुक्रबार बुटवलमा आयोजित लागूऔषध दुव्र्यसन सचेतना कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

क्लबका तुल्सी घिमिरेको अध्यक्षता तथा डिबी रायमाझीको संचालनमा भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराई, राजेन्द्र ढकाल, टीकाराम न्यौपाने, राजेन्द्र ध्वजु, जीवन अधिकारी, नारायण तिवारी,जबिन कक्षपतिलगायतले सुझाव दिएका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले प्रशिक्षण दिएका थिए ।

 
 
  
 

You may also like