रुसको आक्रमणमा नवजात शिशुसहित ६ जना मारिए

by समतल अनलाइन

युुक्रेन । दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित छ जनाको मृत्यु भएको छ । रुसले खेरसन क्षेत्रमा छ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले बताएका छन् । सिरोका बल्का गाउँमा उनीहरु मारिएका हुन् । सानिस्लाभ गाउँमा पनि तीन जना मारिएका उनले बताएका छन् ।

खेरसनका दुई भिन्न स्थानमा भएका अक्रमणमा चार जना घाइते भएका जानकारी दिँदै मन्त्री क्लाइभेन्कोले जसरी भएपनि आक्रमणकारीलाई परास्त गर्नैपर्ने बताएका छन् । गत वर्षको प्रारम्भमा रुसीसेना खेरसनबाट फर्केपछि त्यहाँ रुसी आक्रमण रोकिएको छैन । गत वर्षको सेप्टेम्बरमा खेरसन रुसको नियन्त्रणमा आएको दावी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका थिए ।

 
 
  
 

You may also like