जनमतकी साहले आज मन्त्रीको शपथ लिँदै

by समतल अनलाइन

काठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहलाई आज (सोमबार) बिहान शपथ गराउने तयारी गरिएको छ । साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मोदीलाई फिर्ता बोलाएपछि साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

साहलाई सोमबार बिहान १० बजे शपथ गराउने कार्यक्रम रहेको शर्माले जानकारी दिइन् । जनमतले एक महिनाअघि नै प्रधानमन्त्रीलाई मन्त्री बनाउन नाम पठाए पनि आइतबार मात्र यसबारे निर्णय गरिएको हो ।

 
 
  
 

You may also like