लुम्बिनी न्यूज फेस्टिबल २०७६ को तयारी पूरा

by समतल अनलाइन

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा हुने ‘लुम्बिनी न्यूज फेस्टिबल २०७६’ को तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन । लुम्विनी प्रेस क्लवको आयोजनामा मङ्सिर १ देखि ३ गतेसम्म लुम्विनीमा हुने फेस्टिबलमा देशभरका पत्रकारहरु सहभागी हुने बताइएको छ ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले बुद्ध जन्मस्थलमा पत्रकारहरुको जमघटले शान्तिको सन्देश दिने र पत्रकारहरुको समस्या र चुनौतिका विषयमा अन्तरक्रिया गर्न सहयोग पुग्ने बताउनु भयो । नेपाल भ्रमण बर्षको पूर्व सन्ध्यामा गर्न लागिएको कार्यक्रमले देशब्यापी सन्देश दिने र पत्रकारहरूबीच समन्वय गर्न अझै सहज बनाउने आयोजकहरुले विश्वास लिएको सम्मेलनका संयोजक दिपेन्द्र बडुवालले जानकारी दिनुभयो ।

संयोजक बडुवालले देशभरबाट भेला हुने अग्रज पत्रकारहरुसंग गरिने अन्तरक्रियाले पत्रकारहरुलाई थप उत्साहित वनाएको बताउनु भयो । फेस्टिबलमा १३ वटा फरक फरक सेसन बनाएर केन्द्रिय पत्रकारहरुबीच राष्ट्रिय मिडिया, स्थानीय मिडिया, संघीयतापछि मिडियाको भूमिका लगायतका विषयमा बहस र छलफल हुने बताईएको छ । कार्यक्रममा २४ जना बरिस्ठ सम्पादक सहित कम्तीमा तीनसय पत्रकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । देशमै सम्भवत पहिलो अभ्यास भनिएको लुम्बिनी न्युज फेस्टिबलले घोषणापत्र समेत तयार गर्ने बताइएको छ ।

 
 
  
 

You may also like