चौथो सयपत्री गोल्डकप : सुनौलो संगम विजयी

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा जारी स्व। ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सुनौलो संगम युवा क्लब देविनगर फाईनलमा प्रवेश गरेको छ ।

भैरव देशभक्त बर्दघाटलाई १–० गोलले स्तब्ध पार्दै सुनौलो संगमले उपाधि दाबेदारी पेश गरेको हो । उपाधिका लागि शनिबार सुनौलो संगमले फर्साटिकर युवा क्लबसंग फाईनल भिडन्त गर्ने छ ।

रामनगर खेलमैदानमा भएको खेलमा सुनौलोको जितमा मोहन थापा नायक रहे । उनले खेलको ४० औ मिनेटमा एकमात्र गोल गरेका थिए । अतिरिक्त समयमा भैरवका तर्फबाट गोलका प्रयासहरु भएपनि सुनौलो संगमका गोलकिपर युगल थापाले रोकिदिएका थिए ।

खेलमा सुनौलो संगमका मोहन थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

 
 
  
 

You may also like