एसईईमा नयाँगाउँ माबिका २ जनाले ल्याए ३.९५ जीपीए

बुटवल । रुपन्देहीको नयाँगाउँ माबिले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा निकालेको छ ।

जिल्लाका संस्थागत बिद्यालयहरुलाइ पछि पार्दै बुटवल १२ मा रहेको नयाँगाउँ माध्यमिक बिद्यालयले नतिजा सुधार्दै शतप्रतिशत बिद्यार्थी उत्रिण बनाएको हो । आज प्रकाशित एसईईको नतिजामा २ जनाको ३.९५ जीपीएसहित उत्कृष्ट नतिजा निकालेको माबिका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइले जानकारी दिए ।

‘हामी यसपाली जिल्लामा सर्बोत्कृष्ट भयौँ, १२७ जना सहभागिमध्ये सबै उत्कृष्ट भए भने २ जनाले ३.९५ जीपीए ल्याएका छन्, हाम्रो रिजल्टमा हामी धेरै खुशी छौँ।’ -उनले भने ।

बजार केन्द्रित ठूला भनिएका बिद्यालयको तुलनामा हामी कुनै हिसाबले कमी छैनौँ भन्ने प्रमाण यसपटकको इसईईको नजिजाबाट समेत पुष्टि भएको उनको भनाइ छ ।

यसपटक माबिबाट एसईईमा १२७ जना सहभागि रहेका थिए ।

 
 
  
 

You may also like