गार्गीको एसईईमा उत्कृष्ट नतिजा, सन्ध्या बस्यालको जिपिए ३.८०

बुटवल । बुटवल-११ मा रहेको गार्गी एकेडेमीले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।
विद्यालयबाट सहभागी छात्रा सन्ध्या बस्यालले ३.८० जिपिए सहित एकेडेमीले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको प्राचार्य भुवन अधिकारीले बताए ।

त्यस्तै GPA 3.65 भन्दा माथि ४ जना, GPA 3.25 भन्दा माथि १५ जना, GPA 2.85 भन्दा माथि २६ जना र GPA 2.45 भन्दा माथि १२ जना सहित शत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको उनले बताए ।

शैक्षिक उपलब्धिका दृष्टिकोणले पछिल्लो समय गार्गी एकेडेमी एक उत्कृष्ट विधालयका रूपमा परिचित हुदै आएको छ।हाल यस संस्थामा जम्मा १९६७ जना विधार्थीहरू अध्ययनरत छन।

 
 
  
 

You may also like