बुटवलको कान्ति माविकि स्लेष्मा गौतमले ल्याईन ३.९५ जिपिए

बुटवल । बुटवल ४ स्थीत कान्ति मावि स्लेष्मा गौतमले बिहिबार सार्बजनिक भएको एसईई परीक्षामा ३.९५ जिपिए ल्याएकि छिन् ।
रुपन्देहीमा सामुदायिक तथा संस्थागत विद्यालय अन्तर्गत एसइई परीक्षामा ३.९५ जिपिए प्राप्त गरी स्लेष्मा गौतमले रुपन्देहीको सामूदायिक विद्यालयको उत्कृष्ट छविलाई कायम गरेकि छिन ।

कान्ती बाट कूल ३६९ विद्यार्थी एसइइ परीक्षामा सहभागी थिए । जसमा ३. ६५ देखि ३.९५ जिपिए प्राप्त गर्ने २७ जना रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली ले बताए ।

त्यसैगरी ३.२५ देखि ३.६ जिपिए प्राप्त गर्ने ७३ जना २. ८५ देखि ३.२ जिपिए प्राप्त गर्ने १३३ जना, २.४५ देखि २.८ प्राप्त गर्ने १०५ जना रहेको उनले बताए ।

२.०५ देखि २.४ जिपिए प्राप्त गर्ने २९ जना र १.७ देखि २ जिपिए प्राप्त गर्ने २ जना गरी ३६९ विद्यार्थी एसइइ परीक्षा २०७९ मा उत्तिर्ण भएको उनले बताए । रुपन्देही जिल्लामा यस वर्ष को एसइइ परीक्षा मा ३.९५ नै जिल्ला मा कान्तिको प्रथम रहेको नको दाबी छ । सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा हासिल हुदा अभिभावकको आकर्षण पनि बढेको छ । हाल कान्ति मा.वि राष्ट्रकै नमूना विद्यालय हो।

 
 
  
 

You may also like