एसईई नतिजामा न्यू होराइजनका २ जनाले ल्याए ३.९५ जीपीए

बुटवल । न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलका २ जना ३.९५ जीपीए ल्याएका छन् । एसईई परीक्षामा सहभागी ३०९ विद्यार्थीमध्ये छात्र समिप अर्याल र इशा भुसालले ३.९५ जीपीए ल्याएको विद्यालयका कक्षा १० का संयोजक प्रकाश गौतमले जानकारी दिए ।

विद्यालयका अनुसार ३.६ भन्दा माथि ४३ जना, ३.२ माथि ७७, २.८ भन्दा माथि ७२, २.४ भन्दा माथि ७६, २ भन्दा माथि ३० र १.६ भन्दा माथि ११ जना रहेका विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

विद्यालयको नतिजा जिल्लाकै सर्वोकृष्ट रहेको खनालले दावी गरे । होराइजनले यस अघिका हरेक वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउदै आएको थियो ।

 
 
  
 

You may also like