कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौँ । १४ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । घरेलु टोली भारतले मंगलबार रातिको रोमाञ्चक फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराउँदै उपाधि चुमेको हो ।

निर्धारित र थप गरिएको समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा भारतले बाजी मार्‍यो । भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

 
 
  
 

You may also like