नेपाल फेरि उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । आज (बुधबार) भएको फाइनल प्रतियोगितामा आयोजक नेपाललाई स्तब्ध पार्दै भारतले उपाधि हात पारेको हो । भारतले नेपाललाई ३–२ सेटले जितेको हो ।

त्रिपुरेश्वरस्थित कर्भड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट जित्दै अग्रता लिएको थियो । दोस्रो सेट भारतले जित्दा तेस्रो सेट जित्दै नेपालले पुनरागमन गरेको थियो ।

तर, नेपालले चौथो सेट पनि गुमाएको थियो । पाँचौं सेटमा नेपाल भारतसँग ५–१५ पराजित भएको थियो । यसअघि नेपालले पहिलो सेट २५–२३ र तेस्रो सेट २५–२२ ले जितेको थियो । भारतले भने दोस्रो सेट १४–२५, चौथो सेट २५–२१ र पाँचौं सेट १५–५ ले जितेको हो ।

 
 
  
 

You may also like