समूह विजेता बन्न नेपाल आज बंगलादेशसँग भिड्दै

by समतल अनलाइन

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज (बिहीबार) नेपाल र बंगलादेशबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आजको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेको नेपाल दोस्रो जितको खोजीमा रहने छ ।

नेपालले आजको खेल जितेमा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । यसअघि उदघाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले पराजित गरेको थियो । बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ‘ए’ को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्नेछ ।

 
 
  
 

You may also like