श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गए राति सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो । श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछ्याउने तयारी गरेको भारत बर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । यो जितपछि भारतले ३ खेलको सिरिज २–० ले एक खेल अघि नै जितेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने तालिका छ । हाल श्रीलंका टुरमा रहेको भारतले यस सिरिजपछि एक दिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।

 
 
  
 

You may also like