प्रतिबद्ध सहकारीको अध्यक्षमा पुन : घिमिरे

by समतल अनलाइन

बुटवल । प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको नवौ‌ँ बार्षिक साधारणसभा तथा चौथौ अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।अधिबेशनले दोस्रो कार्यकालको लागि राजेन्द्र घिमिरेको अध्यक्षतामा नँया कार्यसमिति चयन गरेको हो ।त्यस्तै उपाध्यक्षमा शारदा काफ्ले,सचिबमा हेमराज भट्टराई, कोषाध्यक्षमा पुर्णचन्द्र अर्याल चयन भएका छन् भने सदस्यहरुमा अमृत घिमिरे ,बिमल घिमिरे ,

कमल घिमिरे , लिला कुमारी पौडेल , भुवन भुषाल लगायत रहेका छन् ।लेखा सँयोजकमा अधिबक्ता दिपक पाण्डे सदस्यहरुमा शोहनलाल घिमिरे र हरीप्रसाद घिमिरे रहेका छन् । ८ करोडको कारोबार गरेको सहकारीमा ६४७ जना शेयर सदस्य छन् । तिलोत्तमा योगिकुटी सुनौलोनगरमा सहकारीको एक सेवा केन्द्रपनि स‌ंचालनमा रहेको अध्यक्ष राजेन्द्र घिमिरेले बताए ।

 
 
  
 

You may also like