विद्यार्थीहरूको माग पूरा नभएपछि चितवन मेडिकल कलेजमा फेरि तालाबन्दी

by समतल अनलाइन

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को शिक्षण युनिटमा फेरि तालाबन्दी गरेकाे छ । विद्यार्थीहरूको माग पूरा नभएपछि उनीहरूले आइतबारदेखि कलेजमा तालाबन्दी गरेका हुन् ।विद्यार्थीहरुको माग पूरा नहुँदासम्म कलेजमा ताला लागिरहने बताइएको छ । कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने सहमति उल्लंघन गरेपछि कलेजमा ताला लगाउन विद्यार्थीहरु बाध्य भएका छन्।

असोज ४ गते चितवन जिल्ला प्रशासन कार्यालयमा कलेजका आन्दोलनरत विद्यार्थी र अभिभावकहरुसँग सिएमसीको पाँच बुँदे सहमति भएको थियो ।उक्त सहमतिमा मेडिकल शिक्षामा सरकारले तोकेको भन्दा विद्यार्थीबाट लिएको बढी शुल्क कात्तिक १८ गतेभित्र फिर्ता गर्ने भनिएको थियो।

 
 
  
 

You may also like