दीपका विद्यार्थीहरुलाई किनमेल तालिम

by समतल अनलाइन

बुटवल । बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलमा अध्यनरत विद्यार्थीहरुलाई किनमेल सिकाइएको छ । विद्यालयको कक्षा ८ मा अध्ययनरत करीब १ सय ६० जना विद्यार्थीहरुले बुटवल–७ दीपनगरमा लाग्ने हाटबजारमा गएर किनमेल गरेका हुन् । हरेक विद्यार्थीले १ सय रुपैया बराबरको घरायसी सामाग्री किनेको कक्षा ७ र ८ का संयोजक कृष्ण भुषालले जानकारी दिनुभयो ।

विद्यार्थीहरुमा किताबी ज्ञानको अतिरिक्त व्यववहारिक जीवनमा किनबेच र यससँग सम्बन्धित ज्ञानको विकास गराउने उद्धेश्यले यस प्रकारको कार्यक्रम गरिएको विद्यालयमा प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो । विद्यार्थीहरुले किनेको सामाग्रीहरु आ–आफ्नो घरायसी प्रयोजनका लागि लगेका छन् । यस क्रियाकलापमा कक्षा आठका शिक्षकहरु बेबी किराँत, रोहित शाह, श्याम बस्याल र प्रविण कुमार झाले समन्वय गर्नुभएको थियो ।

 
 
  
 

You may also like