संयुक्त सैन्य अभ्यासको विरोधमा उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण

सोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका संयुक्त सैन्य अभ्यासका क्रममा उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ । दुई देशले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ ।

उत्तर कोरियाले बुधबार फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वी सागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो । परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बुधबार एक विज्ञप्ति निकालेर बताएका छन् ।

 
 
  
 

You may also like