इराकमा चर्कियो सरकार विरोधी प्रदर्शन, सात जनाको गयो ज्यान

by समतल अनलाइन

इराक । इराकमा जारी सरकारविरुद्धको प्रदर्शनमा झडप हुँदा सात जनाको मृत्यु भएको छ । प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्याँस र ध्वनी बम प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनामा कयौं घाइते भएको बताइएको छ । बगदादको मध्य भागमा रहेको टाइग्रिस नदीमा रहेका तीनवटा पुल आन्दोलनकारीले नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीसँग झडप भएको हो ।

दक्षिणी शहर बसरामा सुरक्षाकर्मीहरुले प्रान्तीय सरकारको मुख्यालयको बाहिर प्रदर्शन शिविर हटाउँदा तीन जना प्रदर्शनकारी मारिएका थिए भने दर्जनौ घाइते भएका थिए ।

गत अक्टोबरमा शुरु भएको प्रदर्शनका क्रममा २ सय ५० भन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर आन्दोलनकारीको मृत्यु भएको भए पनि आन्तरिक मन्त्रालयले भने घटनामा कसैको मृत्यु नभएको दावी गरेको छ । एजेन्सी

 
 
  
 

You may also like