११३ औं अन्तराष्ट्रिय नारी दिवसमा शान्ति समाजद्धारा बुटवलमा प्रदर्शन

बुटवल । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको अमरपथमा प्रदर्शन गरेको छ । कार्यक्रममा महिला अधिकार, मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लगाएतका नाराहरु लेखिएका ब्यानर र प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा सहभागिहरुले सामाजिक न्याय र समानताको आन्दोलनमा सदैव क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार तथा निवर्तमान सभापति गोविन्द खनालले महिला माथि हुने हिंसा, विभेद, अन्याय र अत्याचार अन्त्यका लागि समाजमा सचेतनाको जरुरी रहेको बताएका छन् । संबिधान र कानुनमा महिला हिंसा, अन्याय र अत्याचारका बिरुद्ध लिपिबद्ध गरिएका कतिपय अधिकार र हक ब्यबहारिक रुपमा कायम हुन नसक्दा श्रमिक महिलाहरुको उचित सम्मान हुन नसकेको भन्दै निवर्तमान सभापति खनालले टिप्पणी समेत गरेका छन् ।

प्रदर्शन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती वचत तथा ऋण सहकारीका अध्यक्ष कमला बस्नेत कुँवर, शान्ति समाज रुपन्देहीका सभापती खिमप्रसाद भट्टराई(कृष्ण), उपसभापति कपिल ज्ञवाली, सहसचिव सिता पौडेलले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि सरोकारवालाहरु एकजुट हुनुपर्ने आवश्यक्ता रहेको बताएका थिए ।

 
 
  
 

You may also like