सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा लगातार तेस्रो दिन आज (बिहीबार) सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि निरन्तर सुनको मूल्य घटिरहेको छ । नेपाली बजारमा सुनको मूल्य आज ५०० रुपैयाँ प्रतितोलाले घटेको हो ।

योसँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ थियो ।
यस्तै, मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । उक्त दिन ३०० ले घटेर सुनको कारोबार सुरु भएको थियो

 
 
  
 

You may also like