नारी दिवशका अवसरमा कान्तिमा वक्तृत्वकला प्रतियोगिता

बुटवल। मार्च ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशका अवसरमा बुटवलस्थित कान्ति माबिमा “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच र विस्तार” बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । धेरैजसो बिद्यालयले सार्वजनिक बिदा मनाईरहदा कान्ति माध्यमिक विद्यालय बुटवलले १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आफ्ना विद्यालयका महिला शिक्षक कर्मचारी बीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

करिब १ दर्जन शिक्षिका तथा महिला कर्मचारीहरुको सहभागिता रहेको सो प्रतियोगितामा लक्ष्मी अधिकारी प्रथम, सविना सुवेदी द्वितिय, मिना न्यौपाने तृतिय र दीपा बस्यालले सान्त्वना पुरस्कार हातपार्न सफल भएका छन् । बिजेताहरुलाई बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख गुमादेवी आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, प्रधानाध्यापक गोविन्द ज्ञवाली, कार्यक्रम संयोजक कमला खनाल लगायतले नगद पुरस्कार, प्रमाणपत्र र शिल्ड प्रदान गरेका थिए ।

साथै कार्यक्रममा सहभागि सम्पुर्ण महिला कर्मचारी तथा शिक्षिकाहरुलाई बिद्यालयको तर्फबाट सम्मान गरिएको कार्यक्रम संयोजक कमला खनालको भनाई छ । पूर्व उपप्रमुख गुमादेवी आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, प्रधानाध्यापक गोविन्द ज्ञवाली, कार्यक्रम संयोजक कमला खनाल लगायतले नारी दिवशको महत्व र नारीका समस्याहरुका बारेमा चर्चा गरेका थिए ।

 
 
  
 

You may also like