ट्विटरमा चाँडै १० हजार अक्षरको ट्वीट पोस्ट गर्न मिल्ने मस्कको घोषणा

काठमाडौं । ट्विटरका प्रमुख एलन मस्कले आइतबार माइक्रोब्लगिङ प्लेटफर्ममा प्रयोगकर्ताहरूले १० हजार क्यारेक्टर वा अक्षरको ‘लामो ट्वीट’ गर्न सक्ने पुष्टि गरेका छन् । एक प्रयोगकर्ताको प्रश्नको जवाफ दिँदै मस्कले यो सुविधा चाँडै कुनै निश्चित समयरेखा नदिई रोल आउट हुने बताएका छन् ।

युट्युब र ट्विटर प्रयोगकर्ता दिप्राइमएजनले मस्कलाई सोधेपछि यो घोषणा गरिएको हो। ’डेभ समुदाय र म सोचिरहेका थियौं कि तपाईले ट्वीटमा कोड ब्लकहरू थप्न सक्नुहुन्छ ?’ यसको जवाफमा मस्कले भनेका छन्, ‘एट्याचमेन्टको रूपमा ? कति अक्षर ? हामी चाँडै लङ्गफर्म ट्वीटहरू १० हजार अक्षरमा विस्तार गर्दैछौं ।’

अहिलेसम्म, एक नियमित ट्विटर प्रयोगकर्ताले मात्र २५० अक्षरको ट्विटमात्रै पोस्ट गर्न पाउँछ । लामो कुरा लेख्न प्रयोगकर्ताले थ्रेड बनाउँदै एकपछि अर्काे ट्विट देखाउन सक्छ । यो नयाँ घोषणा कम्पनीले ट्विटर ब्लू सदस्यता भएकाहरूलाई चार हजार अ क्यारेक्टरको ट्वीट पोस्ट गर्न अनुमति दिइने घोषणा गरेको लगभग एक महिना पछि आएको हो ।

तर, मस्कले यो सुविधा ब्लु सदस्यता भएकाहरुलाई मात्रै उपलब्ध हुन्छ कि सबैका लागि उपलब्ध हुन्छ भन्ने पुष्टि गरेका छन् । शंका छ कि यो ब्लु सदस्यता भएकाहरुका लागि मात्रै उपलब्ध हुनसक्छ । माइक्रोब्लगिङ प्लेटफर्मले पहिलो पटक सन् २०१७ मा १४० अक्षरको ट्वीट २४० अक्षरको बनाउँदै सीमा थपेको थियो ।

 
 
  
 

You may also like