संस्कृति जोगाउन दिपमा परम्परागत देउसी भैलो

by समतल अनलाइन

बुटवल। बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ्ग हाई स्कूलमा बिहिबार परम्परागत भैलो प्रदर्शन गरिएको छ । विद्यालयमा क्रियाशिल दीप सांस्कृतिक परिवारको आयोजनामा भएको कार्यक्रममा भैलोसँगै परम्परागत मारुनी, सोरठी, टप्पा, सालैजो लगायतका नृत्यहरु, गायन र प्रहसन समेत प्रदर्शन गरिएको थियो ।विद्यार्थीहरुमा पठनपाठनका अतिरिक्त आफ्नो कला, संस्कृति, रीतिरिवाज र परम्पराको वास्तविक ज्ञान गराउने उद्धेश्यले यस प्रकारको कार्यक्रम गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।

दीपका विद्यार्थीहरु मादल बजाउदै

 

शिक्षक विजय सापकोटाको संयोजकत्व तथा पुरुषोत्तम पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा नृत्य निर्देशक किशोर थापाले कोरियोग्राफ गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका उपप्राचार्यहरु कलाधर अर्याल, ज्ञानु थापा , सुरेन्द्र कुमार शाक्य लगायतले विद्यालयले हरेक वर्ष परम्परागत भैलो तथा नृत्य प्रदर्शनीे गरेर विद्यार्थीको क्षमता प्रष्फुटन गर्नुका साथै संस्कृतिको संरक्षणमा टेवा पु¥याउदै आएको उल्लेख गर्नुभयो । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनबाट उठेको रकम सामाजिक तथा रचनात्मक कार्यमा खर्चिने विद्यालयले जनाएको छ ।

 
 
  
 

You may also like