भारतद्वारा जारी नयाँ नक्साको बिरोधमा नेबिसंघले बुटवलमा मसाल जुलुस प्रदर्शन

by समतल अनलाइन

बुटवल । नेपाली भूमि लिपुलेक भारतले आफ्नो नक्सामा राखेको बिरोधमा नेपालमा सर्वत्र बिरोध भईरहेको छ ।

यसै सन्दर्भमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि बुटवलमा बिरोध प्रदर्शन गरेको छ । नेपालको भूमिलाई समेत आफ्नोमा पार्ने गरी भारतले जारी गरेको राजनीतिक नक्साले नेपालमा तरंग आइरहेका बेला सामाजिक सञ्जालमा समेत तिब्र बिरोध भईरहेको छ ।

नेबिसंघले बुटवलमा मसाल जुलुस प्रदर्शन गर्दै

नेपाल बिद्यार्थी संघले बिहिबार साँझ बुटवलमा मसाल जुलुस प्रदर्शन गरेको हो । भारतले नक्सामा लिपुलेक भारत भूमि उल्लेख गरेको बिषयलाई लिएर बिरोध स्वरुप नेबिसंघले बुटवलको अस्पताललाईन महेन्द्र पार्कदेखि ट्राफिकचोकसम्म मलास जुलुस प्रदर्शन गरेको नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका इकाई सभापति महेश शर्माले जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा प्रहरीले आगो निभाउने प्रयास गरेको थियो । नेबिसंघको बिरोध प्रदर्शनमा नेपाली काँग्रेसका जिल्ला, क्षेत्र तथा नगरका नेता कार्यकर्ता पनि सहभागि थिए ।

 
 
  
 

You may also like