किशोरीले उड्दै गरेको विमानको ढोका खोलेपछि…

लण्डन । क्याम्ब्रिज युनिभर्सिटीकी एक छात्राले अफ्रिकी मुलुक मडागास्कार भ्रमणका क्रममा आफू उडिरहेको सानो खाले विमानको ढोका खोल्दा ज्यान गुमाउनु परेको छ । अलाना कटल्याण्ड नामकी ती छात्रा मिल्टन किनेज बकिङघमसायरकी भएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ । मडागास्करको प्रहरीले उनले किन उड्दै गरेको विमानको ढोका खोलिन् भन्ने नखुलेको जनाएको छ ।

अनुसन्धानको क्रममा एउटा अनुमानमा औलो विरुद्धको औषधीको सेवन गरेकाले त्यसले धेरै असर गरेका कारण उनले विमानको ढोका खोलेको हुनुपर्छ । उनको परिवारले अलानाको मृत्युको खबरले स्तब्ध भएको जनाएको छ । परिवारका अनुसार उनी एक चहकिली र कम उमेरकी महिला हुन् । जफिसाम्बात्रा राभोएभी नामका प्रहरी कर्णेलले जनाएअनुसार उत्तरी मडागास्करबाट त्यो सानो विमान उडेको केही समयमा नै उनले ढोका खोलेकी हुन् ।

उनी रबिन्सन कलेजमा नेचुरल साइन्सको अध्ययन गर्दै थिइन् । उनी मडागास्करमा इन्टर्नसिपका लागि गएकी थिइन् । बेलायतका अधिकारीहरुले उनको मृत्यु कसरी भयो भन्ने बारेमा अझै खुलस्त पारिसकेका छैनन् । उनको परिवारले जारी गरेको वक्तव्यमा जनाइएअनुसार उनी एक प्रतिभाशाली डान्सर पनि हुन् । परिवारले उनी निकै दयालु र परिवारलाई सहयोग गर्ने खालकी भएको जनाएको छ ।

त्यसले गर्दा नै सानै उमेरमा उनका धेरै साथीहरु थिए । रोबिन्सन कलेजका डा। डेभिड उडम्यानल अलानाको मृत्युको खबरले आफू स्तब्ध भएको बताउँदै परिवारप्रति पनि समवेदना व्यक्त गरेको बीबीसीले जनाएको छ ।

 
 
  
 

You may also like