विप्लव नेकपाबिरुद्ध सशस्त्र प्रहरी परिचालनको तयारी, चन्दा दिने जनप्रतिनिधलाई कारवाही

काठमाडौं । एकै दिन ऐनसेलका २५ टावर ध्वस्त बनाएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथी सरकारले कडा कदम चाल्ने संकेत दिएको छ । विप्लव नेकपाका ध्वम्सआत्मक कार्य रोक्न कडा कदल चाल्नु पर्ने सुझाव सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापालाई दिएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्टिय अनुसन्धान विभागका प्रमुखले विप्लव नेकपामा ध्वम्समा उत्रेकोले उनीहरुको गतिविधि नियन्त्रण गर्न सरकार कडारुपमा प्रस्तुत हुने पर्ने सुझाव गृहमन्त्री थापालाई दिएका छन् । शुक्रवार बसेको सुरक्षा परिषदको बैठका विप्लव नेकपाबिरुद्ध सशस्त्र प्रहरी परिचालन गर्न सुझाव पनि दिएको छ । जनपथ प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा गस्ति गर्नुपर्ने र आवश्यक कारवाहीको अधिकार सुरक्षाा निकायलाई दिनु पर्ने सुझाव दिइएको छ ।

सरकारले एकातिर बार्ता, अर्काेतिर कारवाहीको नीति लिदै आएको छ । कारवाहीलाई तिव्र बनाउन सुरक्षा निकायका प्रमुखले नै गृहमन्त्री थापालाई सुझाव दिएका छन् । उनीहरुले विप्लव नेकपालाई सघाउने जनप्रतिनिधिमाथी निगरानी राख्नु पर्ने धारणा राखेका थिए ।

कपितपय जनप्रतिनिधिहरुले धमाधम विप्लव नेकपालाई चन्दा दिइरहेका छन् । चन्दा दिनेलाई पनि विप्लव नेकपा सरह नै कारवाही गर्ने तयारी सरकारले गरेको छ । आफ्नो भ्रष्टाचार लुकाउन र विप्लव नेकपाको त्रास हटाउन चन्दा दिने गरेका छन् । चन्दा दिने जनप्रतिनिधिको लगत राख्ने र कारवाही चलाउने तयारी सरकारले गरेको गृहमन्त्रालय स्रोतले बताएको छ । दर्गममा रहेका जनप्रतिनिधीले सवैभन्दा बढी चन्दा दिने गरेका छन् भने उद्योगी ब्यवसायीले पनि चन्दा दिने गरेका छन् ।

 
 
  
 

You may also like