शुक्रबारदेखि बुटवलमा एभरेष्ट कप भलिवल हुँदै

by समतल अनलाइन

बुटवल। रुपन्देहीको बुटवलमा आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको विद्यालयले जनाएको छ । प्रतियोगितामा छात्र १९ र छात्रा १० गरि २९ टिमको सहभागिता रहने छन् । शुक्रबारदेखि तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र हात पर्ने छन् ।

 

यस्तै उपविजेताले नगद १५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पर्ने आयोजक विद्यालयले जनाएको छ । यस्तै तृतीय हुने टिमले १० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

शुक्रबार, शनिबार र आइतबार गरि तीन दिन चल्ने प्रतियोगितामा सर्वोउत्कृष्ट, उत्कृष्ट खेलाडिहरुलाई पनि पुरस्कृत गरिने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो । विद्यार्थीको आन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउनुका साथै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खुलकुद भन्ने नारालाई सार्थक बनाउन प्रत्येक वर्ष जिल्लास्तरीय भविवल प्रतियोगिता आयोजना गर्दै आइएको प्राचार्य कृष्ण न्यौपानेले जानकारी दिनुभयो । राष्ट्रिय खेलाडि उत्पादन गर्नका लागि समेत एभरेष्ट माविले महत्वपुर्ण भुमिका खेल्दै आएको स्मरण गर्दै नियमित रुपमा विद्यालयमा इन डोर र आउट डोरका प्रतियोगिताहरु गराउदै आएको बताउनुभयो । शुक्रबार बिहान ११ बजेदेखि हुने प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले गर्ने कार्यक्रम रहेको शिक्षक माधव पौडेलले जानकारी दिनुभयो ।

((

 
 
  
 

You may also like