सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

by समतल अनलाइन

काठमाडौँ । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । आज (बिहीबार) बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो ।

मत विभाजनमा घिमिरेको पक्षमा १६७ मत खसेको छ । उनका विपक्षमा एक सय मत खसेको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । यस्तै उनको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रिव लामिछाने थिए ।

सभामुखका लागि नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा थिइन् । उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका थिए । आज २६८ जना सांसद उपस्थित रहेका थिए ।

 
 
  
 

You may also like