कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौं : कांग्रेस

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान गठबन्धन सरकार भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ ।
आज (शुक्रबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताएका हुन् ।

उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समीकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले कांग्रेसले अब जिम्मेवार र सालिन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र केहि दिनपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका विषयमा छलफल भएको उनले जानकारी दिए । यसअघि भएका कमी कमजोरीलाई सच्चाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेका उनको भनाइ छ । उनले पार्टीभित्र सम्हालेर, एक भएर र आत्मआलोचना गरेर अघि बढ्ने जिकिर गरे ।

 
 
  
 

You may also like