काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टीका पदाधिकारीहरूसँग छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् ।
देउवालाई भेट्न नेपाल धुम्बाराहीस्थित देउवा निवास पुगेका थिए । शुक्रबार बिहान एकीकृत समाजवादीका सांसदहरुले पनि देउवालाई भेटेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको छ ।
भर्खरै बनेको सात दलीय गठबन्धनले विश्वासको मत लिने तयारी गरिरहेका बेला देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिँदैछन् । त्यसकै पूर्वसन्ध्यामा भएको देउवा र नेपालबीचको भेटलाई चासोका साथ हेरिएको छ । उनीहरुबीच तत्कालीन सत्तारुढ गठबन्धन टुट्नुका कारणबारे पनि छलफल भएको बताइएको छ ।