सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

by समतल अनलाइन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको नरपानीमा कार दुर्घटनामा परि रुपन्देहीको सैनामैनाका एकै परिवारका ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको भएको हो ।
दुर्घटनामा २ जना घाइते भएको त्यहाका स्थानीयले जानकारी दिएका छन ।

गाडीमा सवार गंगा बहादुर खड्का चालक ,तिलक खड्का ,मनोज खड्का, दुर्गादेवि खड्का , १ जना नाम नखुलेको प्रहरीले जनाएको छ । घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको भएको प्रहरीले जानकारी दिएको छ ।

घाईतेलाई उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like