दाङ पुगेर प्रचण्डले भने – प्रदेशको राजधानी यही बन्न सक्छ

by समतल अनलाइन

दाङ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङ प्रदेश नम्बर ५ को राजधानी बन्न सक्ने संकेत गरेका छन् ।

बुधवार बिहान प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले दाङलाई प्रदेश नम्बर ५ को केन्द्र बन्ने सम्भावना रहेको औंल्याएका हुन् ।

‘दाङ जिल्ला परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला हो,’ प्रचण्डले भने, ‘प्रदेशको केन्द्र निर्माणका रूपमा पनि दाङ महत्त्वपूर्ण जिल्लाको रूपमा उब्रेर अगाडि आउला भन्ने मलाई लाग्छ ।’

प्रचण्डले दाङलाई प्रदेशको केन्द्रका रूपमा बनाउन हिजो पनि आफूले पहल गरेको स्मरण गरे ।

 
 
  
 

You may also like