कपाल झरेर दिक्क हुनुभएको छ ? अपनाउनुहाेस् यस्ताे तरिका

by समतल अनलाइन

हामी मध्ये धेरैलाई कपाल झर्ने समस्याले दिक्क बनाएको कुरा सबैलाई थाहा नै छ । युवा अवस्थामा नै धेरै जसो युवायुवतीको कपाल झर्न थालेपछि त्यसले पिडा समेत गराउँछ । उनीहरु विभिन्न माध्यमहरुबाट कपाल झर्न रोक्ने उपाय खोज्न थाल्छन् । यदि तपाईको पनि कपाल झर्ने गरेको छ भने तपाईले पहिले यी कुराहरु बुझ्नु जरुरी छ ।

किन झर्छ कपाल ?
कपाललाई मजबुत बनाउने प्रमुख तत्व भनेको मानिसको जीन्स नै हो । यद्यपि कयौं बाहिरी कारणहरुले पनि यसमा प्रभाव पारेको हुन्छ । खराब जीवनशैली र जंक फुडले कपाललाई नोक्सानी पुराउँछ । यसका अलावा भिटामिन ए, बी, प्रोटिन, इत्यादिको कमिले पनि कपाल झर्न सक्छ ।

कसरी रोक्ने त ? अपनाउनुहोस् यस्ता उपायहरु
–नियमित तेल लगाउनुस् : नियमितरुपमा तेल लगाउनाले कपालको मोइस्चर कायम रहन्छ । तेललाई अलिकति तताएर पनि लगाउन सकिन्छ ताकि तेलले कपालको जरालाई राम्ररी अँठ्याउन सकोस् । तेल लगाएर १५ मिनेटसम्म हल्का हातले मसाज गर्नुस् ।

–सही सेम्पुको छनोट : आफ्नो कपालको प्रकृतिअनुसार सही सेम्पुको छनोट गर्नु महत्वपूर्ण हुन्छ । सेम्पुलाई सोझै कपालमा दल्नुको साटो त्यसलाई थोरै पानीमा मिसाएर पहिले डाइल्यूट गर्नु उपयुक्त हुन्छ । अत्यधिक सेम्पुको प्रयोगले पनि कपाल कमजोर भएर र्झन थाल्छ । सल्फेट र प्याराबिन मुक्त सेम्पुको छनोट गर्नुसु ।

–कपाललाई गहिराईदेखि कन्डिसन गर्नुस : कुनै खास मौकामा मात्र कपाललाई कन्डिसन गरेर तपाईंको कपाल स्वस्थ हुन सक्दैन । हरेक पटक कपाल धोएपछि कन्डिसन गर्नुस् । कन्डिसनर लगाउनुभन्दा अगाडि कपाललाई तौलियाले राम्ररी पुछ्नुस् । महिनामा एक पटक घरमा तयार गरिएको हेयर प्याकले पनि कपाललाई कन्डिसन गर्नुस् ।

–तातोपानी प्रयोग नगर्नुस् : तातो पानीले कपाल डिहाइड्रेटेड हुन्छ र टुक्रिन थाल्छ । त्यसैले कपाल धुनका लागि तातो पानीको प्रयोग सकभर नगर्नुस् । कोठाको तापमान वा त्यसभन्दा अलिकति चिसो पानी प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ ।

–सागपात र फलफुलको सेवन : आफ्नो खानामा प्रोटिन र आइरनयुक्त खाद्यपदार्थ समावेश गर्नुस् । हरियो पत्तेदार सागपात, किसमिस, अन्डा, ब्रोकाउली, दही, बदाम इत्यादिको सेवन गर्नुस् ।

–तनावबाट मुक्त रहनुस् : धेरै तनाव लिने व्यक्तिहरुको कपाल झर्नुका साथै चाँडै फुल्छ पनि । यसले कपालको वृद्धिमा पनि नकारात्मक असर पुर्याउँछ । त्यसैले औषधि र योगले आफ्नो तनाव कम गर्नुस् ।

–चिसो कपाल नकोर्नुस् : चिसो कपाल अत्यन्तै कमजोर हुन्छ । त्यो एकदम छिटो टुक्रिन सक्छ । त्यसैले चिसो कपालमा काँइयो नदौडाउनुस् । यसका साथै प्लास्टिक वा पातलो दाँतवाला काँइयोले पनि कपालमा नोक्सानी पुर्याउँछ । कलाललाई हावामा सुक्न दिनुस् र मोटो दाँत भएको काँइयोले कोर्नुस् ।

–कपाललाई बाँधेर नराख्नुस् : कपाललाई कसिलो गरी बाँधेर राख्यो भने चाँडै टुट्न थाल्छ । यसले चाया पर्ने र चिलाउने समस्या पनि उत्पन्न हुन सक्छ । त्यसैले कपाल सकेसम्म खुल्ला नै छोड्नुहोस्, अन्यथा खुकुलो गरी बाँध्नुहोस् । हेयरब्यान्ड, स्कार्फले कपाललाई लामो समयसम्म ढाकेर राख्यो भने पनि घर्षणले गर्दा कपाल टुट्न सक्छ ।

–स्टाइलिङ प्रोडक्टको प्रयोगमा सतर्कता : हेयर स्टाइलिङ प्रोडक्ट, जस्तै जेल, क्रिम आदिले कपाललाई नोक्सान पुर्याउँन सक्छ । यिनीहरुको प्रयोगपश्चात कपाललाई राम्ररी धुन नभुल्नुस । अन्यथा यी वस्तु कपालको छालामा टाँसिएर रहन्छन् र कपालको वृद्धिलाई अवरोध पुर्याउँछन् ।

– कपाल छाँट्नुस् : कपाललाई नियमितरुपमा ट्रिम गर्नाले कपालका टुप्पोलाई पुग्ने क्षति कम गर्न सकिन्छ । हरेक प्रकृतिका कपालको ट्रिम गर्ने समयावधि अलग अलग हुन्छ । आमरुपमा चारदेखि ६ महिनामा कपाल ट्रिम गर्नुपर्छ । यसले कपालको हाँगा फाटेर रुखो हुँदैन ।

कपाल खसेर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुस्
शहरीकरणसँगै प्रदुषित हावा र पानीको पहिलो शिकार तपाईं हाम्रो कपाल हुने गर्दछ । यसले कपालमा अनेकन् समस्या थपिएका छन् । यीमध्ये एउटा हो कपाल खस्ने समस्या । कपाल कोर्दा काईंयोँमा कपालको मुठा नै आउने गर्छ कहिले काहिँ । पुरुषहरुमा पनि कपाल खसेर हैरान हुने कम्ती छैनन् ।
कपाल खस्ने यो समस्यामा के गर्ने त ? कतिपयले यो स्याम्पु, त्यो तेल भन्ने गर्दछन् ।

तर केमिकल मिश्रित सेम्पु या तेलले मात्रै त्यो समस्या समाधान गर्न सक्दैन । अझ हरेकको कपाल, टाउको र छाला फरक हुने अवस्थामा झन समस्या पनि थपिन सक्छ ।

यहाँ केही सामान्य घरेलु टिप्सहरु दिएका छन् । यिनको प्रयोग निरन्तर धैर्य राखेर गर्नुभयो भने पक्कै पनि कपाल झर्ने समस्याबाट छुटकार पाउन सकिन्छ । प्रयोग गरेर हेर्नुस् ।

_नुहाएपछि टाउकोमा घ्युकुमारी दल्ने र १५ मिनटपछि धुने । यसो गर्नाले पनि कपाल झर्ने क्रम रोकिन्छ । सातामा तीनपटक यस्तो गरेमा चाँडै सुधार देख्न पाइन्छ ।

– पानीमा नीमको पात हालेर पानी आधा नसुकुञ्जेल उमाल्ने र यसरी उमालेको पानी सेलाएपछि कपाल धुनाले कपाल बलियो हुन्छ । नीमपानीले नुहाउँदा पानी आँखामा नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।

– सुकेको अमला तोरी अथवा नरिवलको तेलमा केही बेर भिजाइ मसाज गर्दा कपाल बलियो हुन्छ ।

– राति मेथी भिजाउने, बिहान यसलाई राम्रोसँग पिस्ने र कपालको जरासम्म लाग्नेगरी टाउकोमा दल्ने । ४० मिनेटपछि कपाल धुने । यसो गर्दा कपाल झर्ने क्रम रोकिन्छ ।

– प्याज पिसेर यसको रस निकाल्ने, त्यसमा रुवा चोपेर कपालको टुप्पोदेखि फेदसम्म लाग्नेगरी दल्ने र ४० मिनेटपछि धुनाले कपाल झर्न रोकिन्छ ।

– ग्रीन टीको दुईवटा ब्याग तीन कप तातो पानीमा डुबाउने र यसलाई नसेलाइञ्जेलसम्म त्यसै छोडिदिने । त्यसपछि सेलाएको पानीले कपाल धुने अथवा मसाज गर्ने । यसो गर्दा कपाल बलियो हुन्छ ।

– अण्डाको पहेँलो भाग हटाइ सेतो भाग कपालको जरासम्म पुग्नेगरी टाउकोमा दल्ने र २० मिनेटपछि नुहाउने । अण्डामा रहेको प्रोटिन, भिटामिनले कपाल झर्ने क्रम रोक्छ ।

– कपाल बढी नै झर्ने गरेको छ भने सातामा पाँच दिन करिब ३० मिनेटका हिसाबले व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा टाउकाको रक्तसञ्चार तीव्र भई अक्सिजन पुग्छ र कपाल कमजोर हुन पाउँदैन ।

– कपाल झर्ने समस्या भएकाले प्रोटिन, आइरन, जिंक, सल्फर, भिटामिन–सी, भिटामिन–बी युक्त खानामा जोड दिनुपर्छ । यसले कपाललाई बलियो बनाउँछ ।

– समयसमयमा कपालमा मेहदी लगाउनाले पनि कपाल बलियो हुन्छ ।

– कपाल बलियो बनाउन र झर्न नदिन सातामा दुईपटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल लगाउनुपर्छ ।

के नगर्ने
– कपाल झर्ने समस्या भएकाले कपाल कसेर बाँध्नु हुँदैन ।

– कपाल भर्ने समस्या छ भने कपाल कोरिरहनु हुँदैन । यसो गर्दा कपाल झर्ने क्रम बढ्न जान्छ ।

– कपाल झर्ने समस्या छ भने घाममा धेरै हिँड्डुल गर्नु हुँदैन । घाममा निस्किँदा छाता बोक्नुपर्छ ।

– कपाल बढी नै झर्ने गरेको छ भने बढी तातो पानीले नुहाउनु हुँदैन ।

– कपाल नझरोस् भन्ने चाहनेले कपाल रंगाउने, स्ट्रेट गर्नु हुँदैन । कपाललाई प्राकृतिक अवस्थामै रहन दिनुपर्छ ।

– कपाल भर्ने समस्या भएकाले नुहाएपछि कपाल जोडसँग पुछ्नु हुँदैन ।

– कपाल झर्ने समस्या छ भने रातो मासु कम खानुपर्छ ।

– फर्सीको बियाँ (सुकाएको), बन्दा, ब्रोकाउली, काउली, दाल आदि बढी खानुपर्छ ।

– जंक फुडमा क्यालोरीको मात्रामात्रै उच्च हुने र अन्य पोषक तत्व नहुने भएकाले यसले कपाल थप झार्न सक्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

 
 
  
 

You may also like