माइतीघरमा चिकित्सा शिक्षाका विद्यार्थीको प्रदर्शन

by समतल अनलाइन

काठमाडौं। निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुको चिकित्सा शिक्षा संघर्ष समितिले आज दिउँसो २ बजे माइतीघर मण्डलामा बढी लिइएको शुल्क फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन् ।

चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विद्यार्थीहरु शुल्क फिर्ताको माग राख्दै आन्दोलित भएका छन् ।

यसअघि उनीहरुले सम्बन्धित कलेज तथा जिल्लास्थित प्रशासनमा कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताका लागि दबाव दिए पनि सुनुवाई नभएपछि राजधानी केन्द्रीत आन्दोलन थालेका हुन् ।

विद्यार्थीहरुले मेडिकल माफियालाई सरकारले कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

 
 
  
 

You may also like