काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केहि जिल्लामा पानी पर्ने र केहिस्थानमा हिमपात पर्ने सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा कुहिरो लागेको अवस्थामा रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
महाशाखाले जारी गरेको ३ दिने मौसमी अनुमान यस्तो छ
कात्तिक १९ गते (मंगलबार)
दिउँसो : देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहने छ । देशका पूर्वी र मध्य पहाडी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
कात्तिक २० गते (बुधबार)
दिउँसो : देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति : देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कात्तिक २१ गते (बिहीबार)
दिउँसो : देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भूभागमा १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति : देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भूभागमा १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।