प्रदेश ५ मा यादव, ७ मा त्रिपाठीको नाम सिफारिस

by समतल अनलाइन

काठमाडौ । प्रधानमन्त्री निवास वालुटारमा जारी मन्त्रीपरिषदको बैठकले सात प्रदेशमा प्रदेश प्रमुखहरु सिफारीस गरेको छ । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको एक मन्त्रीले जानकारी दिए ।

आजै बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रदेश प्रमुखको नाम टुंगो लगाएको थियो ।

 
 
  
 

You may also like