आजको मौसम : देशभर मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

काठमाडौँ । देशभरको मौसम मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशैभरि आंशिकदेखि सामान्य वदली रही केहि पहाडी भू-भागहरूमा र पूर्वी तराईमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

त्यस्तै बेलुकीदेखि रातिको समयमा देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रहने र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like