गौतमबुद्ध विमानस्थलबाट हिमालयन एयरलाइन्सको मलेशिया उडान (भिडियो)

by समतल अनलाइन

भैरहवा । हिमालयन एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान थालेको छ । काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो उडान गरेको हो ।

नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयनले पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाउने भए पनि एयरलाइन्सले यात्रुहरुलाई भैरहवाबाट उडाएको हो । एयरलाइन्सले यात्रुहरुलाई चार वटा गाडीमार्फत भैरहवा ल्याएको थियो । जहाजले आजै यहाँबाट १३५ यात्रु जना यात्रु मलेसिया लैजानेछ । उडान समयतालिका १ः५० बजे रहे पनि पहिलो दिन भएकाले आज केही ढिलो भएको कम्पनीले जनाएको छ ।

हिमालयले अब नियमितजसो अन्तर्राष्ट्रिय उडान उक्त विमानस्थलबाट गर्नेछ । काठमाडौंबाट क्वालालम्पुर, त्यहाँबाट भैरहवा, भैरहवाबाट क्वाललम्पुर र क्वाललम्पुरबाट काठमाडौंसम्म उडान भर्नेछ ।

 
 
  
 

You may also like