रुरु क्षेत्रमा भजन महोत्सव हुने

by समतल अनलाइन

गुल्मी। रुरु धार्मिक सेवा सन्चार प्रा लिले नेपालमै पाँचौ भजन महोत्सव तथा भजन प्रतियोगिता गर्ने भएको छ। मंसिर १५ गते विवाह पन्चमिको अबसरमा कार्यक्रम गर्न लागिएको हो।

कार्यक्रममा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि दोहोरो शंख बजाउने प्रतियोगिता , दिप प्रजलन जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान , उत्कृस्ट कृषक सम्मान दान वीर सम्मान सहित असल बुहारी समेत सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ। भजन प्रतियोगितामा प्रथम पुरस्कार रु १० हजार प्रमाणपत्र ,दितिय पुरस्कार रु ५ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रु ३ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ र हजार प्रमाणपत्र रहेको जनाइएको छ।

साथै यस वर्ष सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ ,शंख बजाउने प्रतियोगिताका लागि प्रथमपुरस्कार रु १५०० र प्रमाणपत्र दितिय पुरस्कार र रु १ हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार ७ सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २ जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका १र २ का जेष्ठ नागरिक ,कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ नागरिक रिब्दिकोट गाउँपालिका १ का ८४ बर्ष पुगेका र सत्यवती गाउँपालिका अस्लेवा १ का जेष्ठ नगरिक संमान बताइएको छ। साथै सम्पुर्ण संमाननित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रालिका अध्यक्ष चुरामनी तिमिल्सिना ले जानकारी दिनुभयो।

रुरु धाम रिडिमा कार्यक्रम अबलोकन गर्न आउने सम्पुर्ण भक्तजन्हरुलाइ भन्डाराको समेत व्यवस्था गरिने आयोजकले बताएको छ। यसै दिन सम्पुर्ण पितृहरुको सम्झ्ना गर्दै श्रीमत भागबत पाठपारायण बेद पाठ चन्डी पाठ हबन शिवजीको पुजा ग्रहशान्ति समेत गरिने छ। कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिनेछ । कार्यक्रम रुरु धाम रिडिमा गरिने छ ।

 
 
  
 

You may also like