रोजगारीको शिलशिलामा दुबईमा कार्यरत नेपालीले शुक्रबार तिहार मनाए

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । रोजगारीको शिलशिलामा दुबई छिरेका रुपन्देहीको सैनामैनाका नेपाली दाजुभाई दिदीबहिनीहरुले आज बिदाको दिन पारि एक कार्यक्रमका बिच नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मनाएका छन् ।

शुक्रबार सैनामैना सेवा समाज यूएईले आफ्नो १९ अौँ मासिक भेलाको अवसर पारेर दीपावली,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सहित सैनामैनाबाट रोजगारीको शिलशिलामा प्रदेशिएका दाजुभाइ दिदीबहिनीले तिहार मनाएका हुन् ।

नेपालमा तिहारकै दिन दाजुभाइले दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहे तापनि वैदेशिक भूमिमा रोजगारको क्रमा सबै एकसाथ समय नमिल्ने भएकाले सबैको बिदाको दिन पारि आज दुबईमा रोजगारीको क्रममा रहेका नेपाली दाजुभाइले दिदीबहिनीको हातबाट टीका ग्रहण गरि भाईटिका मनाएका थिए । दुबई को क्रिक पार्कमा नेपाली दीदीबहिनीहरुले दाजुभाईलाई टिकाको साथै शिरमा नेपाली टोपी लगाईदिएर तथा नेपाली परिकार सेल रोटी फिनि रोटी लगायतका परिकारहरु खुवाएर दाजुभाईलाई
चाडपर्वको समयमा बिदा नपाए स्वदेश फर्कन नपाएको पिणालाई बिर्साएको जानकारी युएईबाट सैनामैना सेवा समाजका महासचिब युवराज भट्टराईले दिए ।

यस्तै कार्यक्रमले नेपाली समाजमा वैदेशिक रोजगारमा रहेका नेपाली चेलीहरुलाई खराब नजरले हेर्ने प्रवृत्ति अन्त्य हुने अशा सैनामैना सेवा समाज यूएईले राखेको छ । प्रदेशमा दाजुभाई पाएका दीदीबहिनीहरु यसरी खुसी बाड़न पाउदा धेरै नै खुसी रहेको भट्टराईले बताए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष केशव ढकाल उपाध्यक्ष मञ्जु थापा , सल्ल्हाकार प्रकाश पन्त लगायतले शुभकामना दिदैँ प्रदेशमा खुसीका साथ चाडपर्वहरु मनाउन पाउदा खुसी ब्यक्त गर्नु भयो ।

साथै यो महीनाको मासिक भेलामा संस्था का गतिविधिको बारेमा छलफल भएको थियो ।संस्थाका अध्यक्ष केशव ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिब यूबराज भट्टराईले गर्नु भएको थियो ।

 
 
  
 

You may also like