छ बालबालिकाले भैलो खेलेर ४५ असहायलाई खुवाए खाना

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल । रुपन्देहीको देवदहका ६ जना बालबालिकाले देउसी भैलो खेलेर संकलन गरेको रकमले अनाथ तथा असहाय वृद्धवृद्धालाई खाना खुवाएर खुसि साटेका छन् । उनीहरुले तिहारमा देउसी भैलो खेलेर संकलन गरेको ६ हजार एक सय रुपैया वरावरको खाना मानव सेवा आश्रम बुटवलमा आश्रित अनाथ, असहाय तथा वृद्धवृद्धालाई खुवाएर खुसि साटेका हुन् ।

विभिन्न विद्यालयको मावि तहमा अध्ययन गर्ने देवदह वडानम्बर १० का ६ जना बालबालिकाहरुले देवदहका विभिन्न स्थानमा देउसी भैलो खेलेर उक्त रकम संकलन गरेका थिए । आश्रममा एक कार्यक्रमको आयोजना गरि उनीहरुले ४५ जना अनाथ असायह तथा वृद्धवृद्धालाई खाना खुवाएको मानव सेवा आश्रम रुपन्देहीका संयोजक सरु अधिकारीले जानकारी दिनुभयो । देउसी भैलो खेलेर संकलन भएको रकम बनभोज तथा धुम्न गएर खर्च नगरि आश्रमका अनाथ तथा असहायका लागि खाना खुवाएर बालबालिकाले खुसि साटेको कार्यक्रम आश्रमकै लागि पहिलो र उदाहरणीय भएको संयोजक अधिकारीले बताउनुभयो ।

उहाँले बालबालिकाबाट धेरैले सिक्नु पर्ने विचार राख्नुभयो । देवदह वडानम्बर १० का निशान खत्री, विप्लब पाठक, खुसि मल्ल, विवेश पाठक, निरज कुवर र विबेक खरेलले देउसी भैलो खेलेर रकम संकलन गरेका थिए भने कार्यक्रमको संयोजक देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले गर्नु भएको थियो ।

 

 

 
 
  
 

You may also like