चोरीका गरगहनासहित भारतीय नागरिक पक्राउ

by समतल अनलाइन

झापा । चोरीका गरगहनासहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ठूलो परिमाणको सुनचाँदीका गरगहनासहित प्रहरीले भारतको सिलिगुडीका ४३ वर्षीय रघुवरप्रसाद साहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार कमल गाउँपालिका–६ घर भई हाल बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्दै आएकी ललिता सापकोटा, गीता पौडेल र मधु गुप्ताको घरबाट बुधबार गरगहना चोरी भएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले सिसी क्यामेराको सहयोगमा साहलाई बिर्तामोड–५ बाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका साहले प्रयोग गरेको भारतीय नम्बरप्लेटको गाडी जाँच गर्ने क्रममा लाखौँ मूल्य बराबरको सुन र चाँदीका गरगहना, ३८ हजार नेपाली र १३ हजार भारतीय रुपैयाँसमेत बरामद गरिएको हो ।

 
 
  
 

You may also like