आवाजको सेवा केन्द्र विस्तार अभियान सुरु

by समतल अनलाइन

बुटवल । आवाज वचत तथा ऋण सहकारी संस्था लि.ले सेवा केन्द्र विस्तार अभियानको सुरुवात गरेको छ । बुटवलमा मुख्य कार्यालय रहेको आवाजले सेवा केन्द्र विस्तारको अभियान अन्तरगत बुटवल १३ झोलुन्गेपुलमा केन्द्र स्थापना गरेको हो ।

आइतवार एक कार्यक्रमकाबीच झोलुंगेपुल सेवा केन्द्रको सुभारम्भ गर्दै राष्ट्रिय सहकारी महासंघका संचालक भिम तुमलाचनले सहकारीहरु विस्तार हुनु अँवश्यक रहेको बताए । उनले गरिवी घटाउन सहकारीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सहकारीहरु टोल टोल र घर घरमा पुग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष नारायण पुनले सहकारीको सेवा केन्द्र आफ्नो वडामा आउनु सुखद भएको बताए । उनले सहकारीका माध्यमबाट जनताको जीवन स्तर सुधार गर्न सकिने हुँदा त्यस तर्फ लाग्न अनुरोध समेत गरे ।

आवाज सहकारीका अध्यक्ष बाबुराम बन्जाडेले बास्तविक सहकारीको मर्म अनुरुप सवै वर्गका ग्राहकहरुको भावना अनुरुप सहकारी संचालन हुने बताए ।
आवाज साकोसका अध्यक्ष बन्जाडेको अध्यक्षता, उपाध्यक्ष जीवन अधिकारीको स्वागतमा भएको कार्यक्रममा सहकारीका सेवा केन्द्र व्यवस्थापन उप समितिका संयोजक मिनराज भूषालले सहकारीलाई थप जनमुखी बनाइने बताएका थिए । कार्यक्रम सचिव वालकृष्ण पान्डेको संचालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like