प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

by समतल अनलाइन

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

 
 
  
 

You may also like