थप ५६४ मा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ४५४ वटा नमुना परीक्षण गर्दा ५६४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६० पुगेको छ । आज २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like