बहुमत हामीसँग छ, यो बैठकलाई अवैध भन्नेहरु झुटा हुन् : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा लहडमा निर्माण भएको पार्टी नभएको बताएका छन् ।

काठमाडौंको जडिबुटीमा पार्टी आफू पक्षीय जारी विस्तारित बैठकमा अध्यक्ष भट्टराईले पार्टी भनेको निश्चित लक्ष्य प्राप्त गर्ने साधन रहेको भन्दै यो पार्टी लहडमा निर्माण नभएको दावी गरे । ‘यस्ता घुम्ती मोडहरु आउँदा अत्तालिनु हुँदैन । स्वभाविक रुपमा लिनुपर्छ । जसपा लहडमा निर्माण भएको पार्टी होइन,’ उनले थपे, ‘पार्टी भनेको निश्चित लक्ष्य प्राप्त गर्ने साधन हो ।’

संविधान नेपाली जनताले बनाएको भएपनि यो देशका भाषी, जाति, समुदायको पहिचान र अधिकार प्राप्त नभएको उनको भनाइ छ । उनले भने, ‘संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने हो । जसले गर्दा देशलाई समृद्धितर्फ लैजान सकिन्छ ।’ यो देशलाई गरिवी, बेरोजगारीको दुष्चक्रबाट जोगाउन नयाँ विशेष अभियान चलाउन आवश्यक रहेको धारणा उनले व्यक्त गरे ।

उनले थपे, ‘जसपा २०७७ जेठ २५ गते निर्वाचन आयोगमा दर्ता भएको हो । म आफैले चौथो नम्बरमा नाम लेख्नुहोस भनेर जसपा दर्ता भएको हो ।’ जसपा देशमा वैकल्पिक शक्तिको रुपमा स्थापना भएको पार्टी रहेको बताउँदै भने, ‘फुटको बेला पार्टीलाई संख्याको बहुमत हामीसँग छ । यो बैठक कसैले अवैध छ भन्छ भने तीनले जस्तो इतिहासलाई बग्याउने काम कसैले गर्दैन ।’

 
 
  
 

You may also like