आबेको हत्या अनुसन्धानको प्रारम्भिक रिपोर्ट : बिहीबार नै थियाे मार्ने योजना

टोकियो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको छ ।

उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक संगठन’ सँग जोडिएका कारण आफूले पूर्व प्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले यस संगठनलाई धार्मिक भनी वणर्न गरेका छन् । आक्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेकी छन् ।

रिपोर्टअनुसार उनले आबेलाई अर्कै कार्यक्रममा मार्ने उद्देश्यले बिहीबार ओकायामाको पश्चिमी क्षेत्र गएका थिए । तर, उक्त कार्यक्रममा सहभागीहरूले आफ्नो नाम र ठेगाना पेस गर्नुपर्ने भएपछि आफ्नो योजनाबाट उनी पछि हटेको बयान उनले दिएका अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

 
 
  
 

You may also like