बुटवल उपमहानगरपालिकाद्वारा प्रदेश सरकारसंग छाडा चौपाय ब्यवस्थापनको लागी जग्गा माग

बुटवल।बुटवल उपमहानगरपालिकाले छाडा चौपाय ब्यवस्थापनको लागी जग्गा माग गरेको छ ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले सोमबार लुम्विनी प्रदेशका मुख्यमन्त्रि कुल बहादुर के.सीसंग नवलपरासीको बर्दघाट देखी कपिलबस्तु चण्द्रौटासम्म जहां भएपनि छाडा चौपाया ब्यवस्थापन गर्नको लागी जग्गा उपलब्ध गराईदिन अनुरोध गर्नुभएको छ ।

यस क्षेत्रमा छाडा चौपायले गर्दा झण्डै ३० प्रतिशत दुर्घटाना भएको र गैमाताको पनि संरक्षण हुने हुदा मन्त्रालयको यस विषयमा चासो दिने छ भन्ने विश्वास राखेको मेयर पाण्डेयले बताउनु भयो । मुख्यमन्त्रि कुल बहादुर के.सीले आफुले छिट्टै जग्घा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । अहिले मुख्य शहरमा छाडा चौपाएले ट्राफिक ब्यवस्थापनमा समेत ठुलो असर पारेको यस्को नियन्त्रण र बहुमुखी योजना सहितको गैसाला निमार्ण गर्ने मुख्यमन्त्रि के.सीले बताउनुभयो ।

कामधेनु गौसाला भलुहीका योगी सोमराजले गौमाता ब्यवस्थापन गर्ने आफु तयार रहेको बताउनु भयो । गौमाता ब्यवस्थापनले हामी सबैको कल्याण हुने योगी सोमराजले बताउनुभयो ।

 
 
  
 

You may also like